
बुटवल : राष्ट्रिय जनमोर्चा निकट जातिय समता समाजको राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले राजेश विश्वकर्माको अध्यक्षतामा १५ पुर्ण ,५ वैकल्पिक र ५ सल्लाहकार रहने गरि नयाँ केन्द्रीय कमिटी चयन गरेको छ।जसको उपाध्यक्ष मा टीका बि. क., गोबिन्द बिक, महासचिवमा भक्त बहादुर बि. क., सचिवमा गोपाल नेपाली र कोषाध्यक्षमा रेकम सुनार सहितको नया कमिटि चयन गरेको छ।
कार्यक्रम को उद्घाटन पुर्व उपप्रधानमन्त्री मन्त्री समेत रहनु भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसि ले गर्नुभएको थियोे ।कार्यक्रम लाई सम्बोधन गर्दै केसिले जातिय छुवाछूत अन्त्य गर्नुको विकल्प नरहेको बताउनु भएको छ।उहाले यो व्यवस्था बाट जातीय छुवाछूत मुक्त समेत हुन नसक्ने ठोकुवा गर्नु भएको छ।सामन्तवादी सोच र चिन्तन भएकाहरूको सत्तामा हालि मुहालि हुँदा सम्म जातीय छुवाछूत पनि अन्त्य हुन नसक्ने र हरेक प्रकारका विभेद ,शोषण,दमन,अत्याचार ,भष्टाचार,हत्याहिंसा न्युनिकरण हुन नसक्ने उहाँले बताउनुभयो ।
समता समाजको राष्ट्रिय सम्मेलन गत वर्षको फाल्गुन २२,२३ र २४ गते बुटवलमा गर्ने भनी तयारी पूरा भई अन्तिम चरणमा पुगेर कोरोना महामारीको प्रकोप बढ्न थालेपछि स्थगित भऐको थियोे ।
कार्यक्रम समाजका अध्यक्ष दिल बहादुर बि क को अध्यक्षता, महासचिव गोविन्द बिकको सन्चालान ,र राष्ट्रिय जनमोर्चा का अध्यक्ष चित्र बहादुर केसिको प्रमुख आतिथ्यतामा बुटवलमा सम्पन्न भएको छ।








