गृहपृष्ठ खबर पाल्पाको रानीमहललाई होटल बनाउने प्रस्तावको सर्वत्र विरोध

पाल्पाको रानीमहललाई होटल बनाउने प्रस्तावको सर्वत्र विरोध

पाल्पा : नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव सार्वजनिक गरेपछि जिल्लाभित्र र बाहिर सर्वत्र विरोध भएको छ। सामाजिक सञ्जालदेखि सार्वजनिक स्थानहरुका पर्यटन बोर्ड कसैको दवावमा परेर ऐतिहासिक पुरातातिव्क, धार्मिक तथा पर्यटकीय सार्वजनिक स्थल प्रेमको प्रतिक रानीमहल कुनै व्यक्ति वा समुहको फाइदाको लागि यस्तो प्रस्ताव ल्याएको भन्दै विरोध जनाएका छन्।

जनप्रतिनिधीदेखि सर्वसाधारण, राजनितिक दलका जिल्ला नेताहरु समेत विरोधमा उत्रिएका छन्। पर्यटन बोर्डले केन्द्रमा विरोध हुँदा हुँदै पनि आम जनमासको धारणा बुझ्न रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव सार्वजनिक गरेपछि जताततै विरोध भएको हो।

पर्यटन क्षेत्रमा विविधीकरण खोज्ने निहुमा, भारतीय पर्यटकहरु प्रशस्त भित्र्याउने बहानामा बोर्डका प्रमुख कायर्कारी अधिकृत सीईओ डा। धनन्जय रेग्मीले रानीमहल दरवारमा हेरिटेज होटल मार्फत नवजोडीको लागि हनिमुन गन्तव्य बनाउने प्रस्ताव ल्याएका थिए । बोर्डले ३० करोड रुपैयाँमा होटल सहित कालीगण्डकीमा पर्यटकीय संरचना निर्माण गर्ने प्रस्ताव सारेपछी होटल एसोसियसन अफ नेपाल ९हान०ले रानीमहल दरवारभित्र होटल संचालन गर्नु नहुने भन्दै विरोध जनाएको छ।

रानीमहल दरवार राणा खड्ग शमशरेरले रानी तेजकुमारीको सम्झनामा ५ वर्ष लगाएर निर्माण गरेका थिए। उनले वि।स। १९४९ देखि निर्माण सुरु गरी १९५४ मा पुरा गरेका थिए। कालीगण्डकीको जगबाट उठाइ २४ रोपनी क्षेत्रफलमा फैलिएको रानीमहलमा २४ वटा कोठा, २ वटा पोखरी, मन्दिर बगैँचा र पाटी, घोडातबेला सहिताका संरचनाहरू रहेका छन्।

नेपाली कांग्रेस पाल्पाका सभापति एवं प्रदेश सांसद वीरबहादुर रानाले रानीमहल दरवारमा कुनै पनि हालतमा होटल राख्न नहुने बताए। उनले सामान्य कुरामा समेत ध्यान नदिइ पर्यटन बोर्डबाट यस्तो प्रस्ताव आउनु लाजमर्दो भएको बताए। नेकपाका जिल्ला अध्यक्ष नारायण आचार्यले रानीामहल दरवारलाई होटलको रुपमा प्रयोग गर्दा सानो पक्षलाई फाइदा भए पनि समग्र जनताको हितमा नहुने बताए। ऐतिहासिक पुरातात्विक महत्वको रानीमहल विकास तथा प्रयोगको बारेमा स्थानीयसँग छलफल गरेर मात्र टुङ्गोमा पुग्नु पर्ने जिल्ला अध्यक्ष आचार्यको भनाइ थियो।

सम्बन्धित् समाचार