
काठमाण्डौ : सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । संवैधानिक इजलाशमा भएको बहसका आधार सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्दै संसद पुनस्र्थापनाको फैसला गरेको हो ।
पुस पाँच गते भएको प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । रिटको सुनुवाईको लागि संवैधानिक इजलाश गठन भएको थियो ।








