गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगामा डोरीतान संघ गठन

कपिलवस्तुको बाणगंगामा डोरीतान संघ गठन

कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिकामा डोरीतान संघ गठन गरीएको छ । हिमलाल भूसालकोे अध्यक्षतामा १३ सदस्यीय बाणगंगा नगर डोरीतान संघ गठन गरीएको हो । जसको उपाध्यक्षमा महेन्द्र पौडेल, सचिवमा प्रकाश आचार्य, कोषाध्यक्षमा विष्णु प्रसाद पौडेल, सदस्यहरुमा घनश्याम गैर, सुन्दर घिमिरे, वेदराज आचार्यसहित १५ सदस्यीय टोली गठन गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी डोरीतान संघका प्रदेश सदस्य रोम बहादुर थापाले यस संघले जिल्लाका विभिन्न स्थानमा संघहरु गठन गरि जिल्लाका खेलकुद पे्रमीको हक हितमा निरन्तर कार्य गर्दैै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । खेलाडीहरुमा भएको खेल सिपलाई थप विकास गर्दै लैजाने समेत उहाँले बताउनुभएको छ ।

कपिलवस्तु डोरीतान संघका अध्यक्ष तथा केन्द्रिय सदस्य मीनराज बेल्वासेले खेलले मानिसको शारिरीक विकाससंगै मानसिक विकासमा अहम भूमिका खेल्ने भएकाले खेलको विकासमा आफुहरु निरन्तर लागी रहेको बताउनुभएको थियो ।

सम्बन्धित् समाचार