गृहपृष्ठ खबर कपिलवस्तु मदिरा व्यवसायी संघको अध्यक्षमा पुनः कक्षपती चयन

कपिलवस्तु मदिरा व्यवसायी संघको अध्यक्षमा पुनः कक्षपती चयन

कपिलवस्तु : कपिलवस्तु मदिरा व्यावसायी संघको छैठौ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । गोरुसिगेमा भएको साधारण सभा तथा अधिवेशनले पुनः सन्देश कक्षपतीलाई अध्यक्षमा चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा कुलचन्द्र सिग्देल,उपाध्यक्षमा परशुराम भरी,महासचिवमा गोविन्द प्रसाद पौडेल,सचिवमा मधु सिग्देल,कोषाध्यक्षमा विष्णु प्रसाद सापकोटा सहित १३ सदस्य चयन गरिएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले मदिरा व्यावसायिहरुलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने जनाएका छन् । कार्यक्रममा वार्षिक प्रतिवदेन पेश गर्दै संघका महासचिव गोबिन्द प्रसाद पौडेलले अवैध तथा घरेलु मदिरा नियन्त्रण गर्न नसक्नु,बैक व्याजदर,घरवहाल कर लगाएतका समस्याले व्यावसाय गर्न चुनौती थपिएको बताउनुभयो । महामारीले थलिएको समयमा पसन मदिरा व्यावसायीले सामाजिक क्षेत्र कृयसिल भएर काम गरेको बताउनुभयो । व्यावसायीहरुलाई कर शिक्षा नहुदा समयमा कर तिर्न नसक्नु,दर्ता पकृयाको बारेमा जानकार नहुनु लगाएतको कारणले समस्या सिर्जना भएको बताउनुभयो । पौडेलले संस्थाका भावि योजना र गत वर्ष गरेका गतिविधिको बारेमय जानकारी गराउनुभएको थियो ।

मदिरा व्यावसायी संघका केन्द्रिय अध्यक्ष सनम सेर्पाले मदिरा व्यावसायीहरु एकजुट हुन आवश्यक रहेको बताउनुभयो । कोरोना महामारी कारण मुलुकमा लकडाउन भएपछि कतिपय व्यावसायीहरु व्यावसायी नै छोड्ने अवस्था आएको उहाँले बताउनुभयो । राज्यलाई विभिन्न बाहाना कर तिरेपनि हक अधिकार लागि एकजुट भएर अघि बढनुपर्ने बताउनुभयो ।

बुद्धभुमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले राज्य नियमअनुसार संचालन भएका व्यावसायिहरुलाई स्थानिय तहले कुनै समस्या पर्ने काम नगरेको बताउनुभयो । व्यावसायीहरुले पकृया पुराए व्यावसाय संचालन गर्नुपर्ने बताउँदै एउटा कारणले सबै बदनाम हुने स्थिती आएको बताउनुभयो ।

आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख दिनेश पाण्डेले कर तिरेर व्यावसाय गर्नेहरु प्रति सरकारले हेर्ने दृष्टिकोण फरक नरहेको बताउनुभयो । मर्कामा परेका व्यावसायिहरुको सहजिकरणको लागि कार्यालय तत्पर रहेको भन्दै सबै क्षेत्रमा कर शिक्षा प्रभावकारी रुपमा संचालन गरिरहेको बताउनुभयो । अबैध मदिरा नियन्त्रणको लागि समिति बनाएको भन्दै अवैध कारोवारको सुचना दिनुपर्ने उहाँको भनाई थियो ।

सम्बन्धित् समाचार