गृहपृष्ठ खबर बागलुङको मनकामना मन्दिरबाट तीन लाखका सामग्री चोरी

बागलुङको मनकामना मन्दिरबाट तीन लाखका सामग्री चोरी

बागलुङको तित्याङस्थित मनकामना मन्दिरमा चोरी भएको छ।

अज्ञात समूहले हिजो राति मन्दिरमा रहेका लाखौं मूल्यका सामग्री चोरी गरेको हो।

बागलुङ नगरपालिका-९ तित्याङको स्वामी डाँडास्थित मन्दिरबाट रु तीन लाख बराबरको सामान चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिए।

मन्दिरको ढोकाअघि राखिएको २५ किलोको एक थान, १० किलोको एक थान र ७ वटा अन्य साना घण्टी चोरी भएको अध्यक्ष थापाले बताए।

उनका अनुसार मूर्ति ढाकेको तामाको पाता, १० हजार नगद, तीस वर्षदेखि चढाउँदै आएको सिक्का पैसा, तामाको अङ्खोरा चोरी भएको छ।

 

पुजारीले बुधबार साँझ पूजा गरेर गएपछि मन्दिरमा चोरी भएको बताइएको छ। आज बिहान जाँदा मन्दिरका सामग्री चोरी भएको पाइएको पुजारीले जानकारी दिएका थिए।

शौचालयको ताला फोरेर भित्र तोडफोड गरिएको छ। चोर्न आउने व्यक्तिले मन्दिरमा रुमाल छोडेको बताइएको छ। चोर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए।रासस

सम्बन्धित् समाचार