चारनम्बर जीतपुर : नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुस्कर आर्चायले मजदुरको साथ बिना नेपाली कांग्रेस सत्तामा जान नसक्ने बताएका छन । आर्चायले कांग्रेसलाई जव मजदुरले साथ दिन्छन तव मात्र कांग्रेस भविष्य उज्जवल हुने र सत्तामा गएको इतिहास रहेकाले श्रमिक तथा मजदुरको पक्षमा कांग्रेस सदैव लाग्नु पर्ने बताए ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ बैरीयामा रहेको मायादेवि रिर्सोटमा भएको स्वागत तथा भेटघाट कार्यक्रममा अध्यक्ष आर्चायले यस्तो बताएका हुन । सो अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उप महासचिव गणेश बहादुर क्षेत्री, केन्द्रीय सदस्य सञ्जय दाहाल, प्रदेश नः ५ का अध्यक्ष मुकुन्द अधिकारी, नेपाल ट्रेड युनियन कांग्रेस कपिलवस्तुका निबर्तमान अध्यक्ष लोकनाथ शर्मा, नेपाल ब्यापार श्रमिक सघंका केन्द्रिय बरिष्ठ उपाध्यक्ष पर्शुराम पन्त , कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे लगायतले आआफनो धारणा राखेका थिए । कोभिडका कारण श्रमिक र ब्यवसयाीमा परेको समस्या, समाधान र अवको रणनितिका बिषयमा छलफल भएको थियो ।

साथै हालै सम्पन्न कपिलवस्तु उद्योग बाणिज्य सघंको चुनावमा बिजयी हुन सफल अध्यक्ष घिमिरे रर सदस्य लक्ष्मण भुसाललाई पनि सम्मान गरिएको नेपाल ट्रेड युनियन कांग्रेस कपिलवस्तुले जनाएको छ ।
कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेस कपिलवस्तुकी अध्यक्ष बाल कुमारी अधिकारी पन्तको अध्यक्षता, सचिव जनक बेल्बासेको सञ्चालन र नेपाल ट्रेड युनियन कांग्रेस कपिलवस्तुका उपाध्यक्ष दुर्गा अधिकारीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।








