गृहपृष्ठ खबर कपिलवस्तुमा छोरीलाई जबरजस्ती करणी गर्ने बुवा पक्राउ

कपिलवस्तुमा छोरीलाई जबरजस्ती करणी गर्ने बुवा पक्राउ

कपिलवस्तु : कपिलवस्तुको वडा प्रहरी कार्यालय चन्द्रौटाले छोरीलाई जबरजस्ती करणी गर्ने बुवालाई पक्राउ गरेको छ । सोमबार रातको समयमा आफनै छोरीलाई करणी गरी फरार रहेका अरोपीलाई प्रहरीले खोजतलास जारी पक्राउ गरेको छ ।

फरार रहेका आरोपीलाई विहीबार पक्राउ गरी सार्वजनिक गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनुभयो । आरोपीलाई चन्द्रौटा बजारमा लुकी छिपि हिडिरहेको अवस्थामा पक्राउ गरीएको हो ।

कपिलबस्तु जिल्ला अदालतवाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरी निरीक्षक खरेलले जानकारी दिनुभयो । प्रहरीले बुवा र छोरीको परिचय गोप्य राखेर अनुसान्धन गरीरहेको जनाएको छ ।

यसै विच स्थानिय नागरिकहरुको सुबिधालाई मध्यनजर राख्दै कुनै घटनाको बारेमा प्रहरीलाई जानकारी गराउन ९८५७०१४८१३ सम्पर्क नम्बर समेत प्रहरी कार्यालयमा थप गरिएको छ ।
उक्त सम्पर्क नम्बरमा समेत सम्पर्क गरी कुनै घटनाको वारेमा तथा अन्य कुराहरुमा समेत जानकारी गराउनुहुन सम्पुर्णलाई प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित् समाचार