गृहपृष्ठ खबर अर्घाखाँचीको शितगंगामा २० जना नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश

अर्घाखाँचीको शितगंगामा २० जना नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकामा नेकपा परित्याग गरी २० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन । नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य रेवतीप्रसाद भुसालले नेपाली काँग्रेसमा प्रवेश गराएका हुन ।

पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दे नेता भुसालले ओलीले गरेको संसद विघटन असंवैधानिक भएको पुष्टि भएको बताएका छन । नेकपाले सरकार चलाउन नसकेको आरोप लगाउँदै विकास निमार्णका काम गर्न कुनै विकासको खाका नभएको भुसालले बताए । नेकपाले जनताको मतको सम्मान गर्न नसकेको भन्दै लोकतन्त्र र संविधान मास्ने काममा ओली सरकार जान लागेको आरोप लगाए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति शान्ता भण्डारी, जिल्ला सचिव छविलाल पौडेल, जिल्ला सदस्यहरु हेमन्त बेल्वासे, केशवराज कुवँर, जुनबहादुर पुलामि, कुमार केशव सिंह बेल्वासे, शितगंगा नगरपालिका काँग्रेस संयोजक मोति बेल्वासे, सचिव सुमन्त पौडेल, स्थानिय चन्द्र रेश्मि, महिला नेतृ मिना पौडेल, नेविसंघका डिआर बेल्वासे, स्थानिय नेता फर्सुराम न्यौपाने लगायतले  कम्युनिष्ट सरकारले जनतालाई अलपत्र पारेको आरोप लगाए ।

सम्बन्धित् समाचार