गृहपृष्ठ खबर बक्यौता तिर्न भैरहवा–बुटवल औद्योगिक करिडोरका २२ उद्योगलाई पत्राचार

बक्यौता तिर्न भैरहवा–बुटवल औद्योगिक करिडोरका २२ उद्योगलाई पत्राचार

काठामडौं : नेपाल विद्युत् प्राधिकरणले भैरहवा–बुटवल औद्योगिक करिडोरका २२ उद्योगलाई ट्रंकलाइनबाट विद्युत प्रयोग गरेबापत बक्यौता तिर्न पत्राचार गरेको छ ।

२०७५ वैशाखदेखि २०७६ मंसिरसम्म ट्रंकलाइन बापतको छुट महसुल भन्दै रकम भुक्तानीको लागि प्राधिकरणले ३५ करोड भन्दा बढी विल पठाएको हो ।

उद्योगीले भने उक्त महशुल मिनाहा हुनुपर्ने माग गरिरहेका छन् । ट्रंकलाइन जडान गरेको अवस्थामा उद्योगीले सामान्य लाइनभन्दा ६७ प्रतिशत बढी विद्युत महशुल बुझाउनुपर्ने हुन्छ ।

प्राधिकरणले शुल्क तिर्न ताकेता गरेपछि उद्योगीले भने आफूहरूको माग र सहमति बिनै जडान गरिएको ट्रंकलाइन बापतको महशुल तिर्न नसक्ने बताउँदै शुल्क मिनाहा हुनुपर्ने माग गरेका छन् ।

सम्बन्धित् समाचार