गृहपृष्ठ खबर कपिलवस्तु उद्योग बाणिज्य सघंद्धारा भोली पुराना ब्यवसायिक फर्म नविकरण या बन्द गर्ने अवसर

कपिलवस्तु उद्योग बाणिज्य सघंद्धारा भोली पुराना ब्यवसायिक फर्म नविकरण या बन्द गर्ने अवसर

वैखरी अनलाइन
कपिलवस्तु उद्योग बाणिज्य सघंले पुराना ब्यवसायिक फर्म नविकरण या बन्द गर्ने बिशेष अवसर ल्याएको छ । भोली दिनभर राजश्व कार्यालय कृष्णनगरको एक टोली कपिलवस्तु उद्योग बाणिज्य सघंमा आई पुराना ब्यवसायिक फर्म नविकरण या बन्द गर्ने बिशेष अवसर ल्याएको हो ।

बर्षौ पहिला खोली सञ्चालनमा आएका र हाल नविकरण नभएकाका ब्यवसायिक फर्मलाई बन्द या नविकरण गर्ने बिशेष अवसर रहेकाले मौकाको फाइदा लिन कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए ।
बाणगंगामा रहेका त्यस्ता फर्म या पसलका सञ्चालकलाई भोली उद्योग बाणिज्य सघंमा आउन उनले आग्रह गरेका छन ।

सम्बन्धित् समाचार