
कपिलवस्तु : कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ मा आज उत्तरनगर स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन भएको । एक भव्य समारोहको बीचमा बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले सो भवनको रिवन काटेर उद्घाटन गरेका हुन ।
वडा नः १ मा रहेको स्वास्थ्य चौकीको आफ्नो भवन नहुँदा सेवाग्राहीले दुख पाउदै आएका थिए भने स्वास्थ्यकर्मीलाई समेत काम गर्न कठिन भएको थियो । नगरपालिकाको ३८ लाखको लागतमा सो भवन बनेको वडाध्यक्ष बालकुमारी अधिकारी पन्तले बताइन ।
यसैबीच उत्तमनगर आधारभुत स्वास्थ्य चौकीले आफ्नै भवनबाट सेवा दिन थालेपछि वडाबासी खुसी भएका छन् । सामान्य स्वास्थ्य समस्या आउँदा पनि वडा बाहिर उपचार गर्न जाँदा समस्या भएको भन्दै अब छिटो र छरितो तवरले सेवा पाइने भन्दै वडाबासी खुसी भएका हुन् ।
कार्यक्रममा विशिष्ट अतिथि नगरका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, नगरका शिक्षा युवा तथा खेलकुद विभागका उपसचिव बाबुराम भट्टराई, वडा अध्यक्ष कुमारी अधिकारी पन्त लगायतले आआफनो धारणा राखेको टोल बिकास समिति सदस्य बुद्धि सागर बेलबासेले जानकारी दिए ।








