
कपिलवस्तु : गरीबसंग विशेश्वर कार्यक्रम अन्र्तगत कपिलवस्तु नगरपालिका वडानम्बर ११ जहदीमा ३६ महिला कृषकहरुलाई स्प्रे टंकी बितरण गरिएको छ । २ महिला कृषक समुहका अगुवा महिला कृषकलाई सो टंकी प्रदान गरिएको हो । सरस्वती र महालक्ष्मी महिला कृषक समुहमा रहेका उनीहरुलाई एक समारोका बिच नगरपालिकाका मेयर किरण सिंहले टंकी हस्तान्तरण गरेका थिए । सो अवसरमा मेयर सिंहले नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमितामा राखेको बताए । उनले स्प्रे टंकीले ब्यवसायिक कृषि कर्ममा लाग्न महिलाहरुलाई समेत प्ररित गर्ने बताए ।
सो अवसरमा नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले कृषि कर्ममा महिहरु समेत लाग्नु राम्रो काम भएको बताए । उनले नगरपालिकाले कृषि क्षेत्रको विकासमा अझ लगानी बढानु पर्नेमाजोड दिए । वडा सदस्य अकालपति हरिजनको अध्क्षतामा भएको कार्यक्रममा धनकला गैरे, बिमला भट्टराई लागतयले मन्तब्य दिएका थिए ।

यसै बिच कपिलवस्तु नगरपालिका वढा नम्बर १० बिकुलीमा ३ महिने सिलाई कटाई तालिम संपन्न गरिएको छ । भृकुटी महिला बहुउद्देश्यीय सहकारीको आयोजनममा गरिएका सिलाई कटाईमा सहभागी महिलाहरुलाई मेयर सिंहले प्रमाण पत्र बितरण गरेका थिए ।








