गृहपृष्ठ खबर बाणगंगामा जारी फुटबल प्रतियोगितामा आयोजक सुर्योदय फाईनलमा प्रवेश

बाणगंगामा जारी फुटबल प्रतियोगितामा आयोजक सुर्योदय फाईनलमा प्रवेश

 

चारनम्बर जीतपुर : आयोजक सुर्योदय सामाजिक विकास संस्था ‘प्रथम सूर्योदय फुटवल प्रतियोगिता’ को फाइनलमा प्रवेश गरेको छ । सिद्धार्थ रंगशालामा आज भएकोे सेमीफाईनल खेलमा हिमालायन सामुदायिक विकास केन्द्र रुद्रपुरलाई २–० को गोल अन्तरले हराउदै सर्योदय फाइनलमा प्रवेश गरेको हो । सर्योदयलाई फाईनलमा पुर्याउन रोसन सेनले खेलको ७२ औ मिनेटमा र सुरज हमालले खेलको ७५ औ मिनेटमा १÷१ गोल गर्दै टोलीलाई सनदार जित हासिल गराउन सफल भएका हुन् । आजको खेलमा निकै उत्कृष्ट लयमा देखिएका रोसन सेन म्यान अफ दि म्याच भएका छन् ।

आयोजकले दिएको जानकारी अनुसार भोलि भैरव एफसी र न्यु युथ युनियन पाल्पाविच प्रतिस्पर्धा हुने छ । खेल दिउँसो २ बजेबाट सुरु हुने बताईएको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशका बिभिन्न १२ टोली सहभागी भएका छन् । संस्थाका अध्यक्ष सरोज सेनका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार १ सय ११, उप–विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् ।

सम्बन्धित् समाचार