गृहपृष्ठ खबर नालाको पानीमा डुबेर १६ महिनाका एक बालकको मृत्यु

नालाको पानीमा डुबेर १६ महिनाका एक बालकको मृत्यु

जनकपुरधाम : नालाको पानीमा डुबेर बारामा एक जना बालकको मृत्यु भएको छ। बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुरका विनय साह सोनारका १६ महिनाका छोरा आयुष साह सोनार घर नजिकै रहेको नालाको पानीमा डुब्दा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवका अनुसार नालाको पानीमा डुुबेर बेहोस भएका आयुषलाई नजिकै रहेको वयोधा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

बालकको शव पोष्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएको प्रहरी निरीक्षक यादवले बताए।

सम्बन्धित् समाचार