गृहपृष्ठ खबर आयोजक सुर्योदय र नवलपरासी उपाधिका लागी भिड्ने पक्का

आयोजक सुर्योदय र नवलपरासी उपाधिका लागी भिड्ने पक्का

कपिलवस्तु : भैरव एफसी नवलपरासी बाणगंगामा जारी ‘प्रथम सूर्योदय फुटवल प्रतियोगिता’ को फाइनलमा प्रवेश गरेको छ । सिद्धार्थ रंगशालामा आज भएकोे सेमीफाईनल खेलमा न्यु युथ युनियन पाल्पालाई २–० को गोल अन्तरले हराउदै भैरव एफसी नवलपरासीले आयोजक सुर्योदयसंगको भेट पक्का गरेको हो ।

नवलपरासीलाई फाईनलमा पुर्याउन रोहित थारु उक्लैले २ दुई गोल गरेका हुन् । आजको खेलमा निकै उत्कृष्ट लयमा देखिएका रोहित थारु म्यान अफ दि म्याच भएका छन् । आयोजकले दिएको जानकारी अनुसार फाईनलमा भैरव एफसी नवलपरासी र आयोजक टिम सुर्योदय सामाजिक विकास संस्था भिड्ने छन् ।

फाईनल खेल पर्सी अर्थात १९ गते दिउँसो २ बजेबाट सुरु हुने बताईएको छ । संस्थाका अध्यक्ष सरोज सेनका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार १ सय ११, उप–विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् ।

सम्बन्धित् समाचार