
कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिकाद्धारा आयोजित तेस्रो नगरस्तरिय राष्ट्रपति रनिङगशिल्ड प्रतियोगितामा सर्वाधिक स्वर्ण पदक हात पार्ने वडा नं. ११ स्थित हेमराज माविलाई वडा नं. ११ वडा कार्यालयले हौसला स्वरुप आर्थिक सहयोग प्रदान गरको छ । वडा समिति बैठकको निर्णय अनुसार वडा कार्यालयले रु ५० हजार आर्थिक सहयोग प्रदान गरेको हो ।

सर्वाधिक स्वर्ण पदक प्राप्त गर्न सफल हेमराज माविका विद्यार्र्थीको हौसला वृद्धि गर्ने र विद्यालयलाई खेलकुद क्षेत्रमा अझै अगाडि बढाउने उद्देश्यले उक्त रकम हस्तान्त्रण गरिएको वडाध्यक्ष सोमनाथ अर्यालले जानकारी दिएका छन् । राष्टपति रनिङ्गशिल्डमा हेमराज माविले १७ स्वर्ण पदक प्राप्त गरेको थियो ।
वडाध्यक्ष अर्यालले खेलकुद प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विद्यार्थी, विद्यालयका प्रधानाध्यापक तथा सम्पुर्ण शिक्षक कर्मचारीहरुलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका थिए । उनले खेलकुद क्षेत्रमा विद्यालय अगाडि बढ्नु भनेको वडा पनि अगाडि बढ्नु भएकाले वडाकार्यालयबाट आवश्यक सहयो गर्ने प्रतिवद्धता व्यक्त गरे ।








