गृहपृष्ठ खबर कांग्रेसद्धारा अनलाइनबाटै दुई लाख बढी क्रियाशील सदस्यको नामावली अपडेट

कांग्रेसद्धारा अनलाइनबाटै दुई लाख बढी क्रियाशील सदस्यको नामावली अपडेट

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणलाई तीब्रता दिएको छ। वितरण गरिएका क्रियाशील सदस्यको विवरण केन्द्रमा अद्यावधिक गर्ने काम अनलाइनबाटै भइरहेको छ। ७७ मध्ये ४८ जिल्लाका क्रियाशील सदस्यको विवरण अपडेट भइरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘४८ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली अपडेट हुँदैछ,’ पौडेलले भने, ‘क्रियाशील संख्या धेरै भएका जिल्लामा त्यहाँका पार्टी सभापतिसँग समन्वय गरी प्रविधि हेर्ने साथीहरूले अपडेटको काम गरिरहनुभएको छ।’

१६५ संघीय निर्वाचन क्षेत्रसहित देशका २०७ ठाउँबाट क्रियाशील सदस्यको विवरण अनलाइनबाटै अपडेट गर्ने काम जारी रहेको उनले बताए। ‘एक क्षेत्रमा चार जनासम्म प्रविधि हेर्ने साथीहरूलाई हामीले विवरण अद्यावधिक गर्न पासवर्ड दिएका छौं,’ उनले भने। प्रविधि प्रयोग गरी कांग्रेसले छिटो क्रियाशीलको विवरण अपडेट गर्न लागेको हो।

मुख्यसचिव पौडेलका अनुसार अहिलेसम्म २ लाखभन्दा बढी क्रियाशील सदस्यको नामावली अनलाइनबाटै अपडेट गरिसकिएको छ। कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने बताएको छ। यस्तै असारदेखि नै वडा तहमा अधिवेशन सुरू गर्ने कार्यतालिका यसअघि नै प्रकाशित भइसकेको छ।

गाउँरनगर अधिवेशन असार ५ गते तोकिएको छ। त्यसअघि नै क्रियाशील सदस्यताको काम सक्नुपर्छ किनभने वडाका मतदाता तिनै क्रियाशील सदस्य हुन्छन्।

सम्बन्धित् समाचार