
कपिलवस्तु : कपिलवस्तुमा करिब चार हजार अबैध कुखुराको चल्ला बरामद गरिएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटाबाट चल्ला बरामद गरिएको हो । पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको लु २ च ३३०० नम्बरको पिकअप जिपलाई वडा प्रहरी कार्यलय चन्द्रौटाबाट खटिएको टोलीले शंका लागेर चेकजाच गर्दा प्रहरीले पक्राउ गरेको हो ।
जिप र जिप चालक प्युठान जिल्लाको प्युठान नगरपालिका ३ निवासी २९ बर्षीय रोसन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै बरामद गरिएको ३,८७६ ओटा अबैध चल्ला आवश्यक कारबाहीका लागी पशु क्वारेन्टाईन कृष्णनगरमा पठाईएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएको छ । प्रहरीका अनुसार बरामद गरिएको चल्लाको मूल्य करिब ३ लाख ८७ हजार ६ सय रहेकोे छ ।








