गृहपृष्ठ खबर दाङ सरुवा हुनु भएका प्रजिअ पौडेललाई कपिलवस्तुबाट बिदाई

दाङ सरुवा हुनु भएका प्रजिअ पौडेललाई कपिलवस्तुबाट बिदाई

कपिलवस्तु : कपिलवस्तु नगरपालिको तौलिहवा स्थित कार्यालयमा सरुवा भई दाङ जान लाग्नु भएका भएका प्रजिअ दीर्घ नारायण पौडेललाई एक कार्यक्रमका बिच बिदाई गरिएको छ । मेयर किरण सिंह, उप मेयर लक्ष्मी साउ गुप्ता, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल सामाजिक विकास सल्लाहकार लगायतको टोलीले प्रजिअ पौडेलाई खादा फुलमाला र मायाको चिनो दिएर बिदाई गरिएको हो ।

सो अवसरमा मेयर सिंहले प्रजिअ पौडेलले स्थानीय पालिकासंग समन्वय गरेर काममा निकै सहयागे गरेको बताउनु भयो । हुलाकी बाटो नर्मिाणकाक्रममा अतिक्रमण गरिएको संचरना हटाउनमा प्रजिअ पौडेलले ठुलो सहयोग गरेको भन्दै मेयर सिंहले प्रशंसा गर्नु भएको थियो । उहाँले जिल्लाको शान्ति सुरक्षा, अमनचयन, कोरोनाकालमा प्रअिज पौडेलले ठुलो भुमिका खेलेको बताउनु भयो ।

प्रजिअ पौडेलले आफुलाई स्थानिय पालिका संचारकर्मी नागरिक समाजले सहयोग गरेको बताउनु भयो । उहाँले आफुले कपिलवसतुको बसाईमा धेरैं माया पाएको र धेरै कुराहरु सिक्ने मौका समेत मिलेको बताउनु भयो । सो अवसरमा उप मेयर लक्ष्मी गुप्ता, वडा नम्बर १ का अध्यक्ष सुदीप पौडेल, ३ का अध्यष्क्ष प्रकाश गैरे लगायतले प्रजिअ पौडेलले १४ महिने आफनो कार्यकालमा जिल्लामा राम्रो काम गरेको बताउनु भयो ।

सोही कार्यक्रममा तौलिहवा ग्रुपले समते प्रजिअ पौडेललाई बुद्धको मुर्ति मायाको चिनोकारुमा प्रदान गर्नु भएको थियो । यसै बिच प्रजिअ पौडेललाई प्रशासन कार्यालयमा कर्मचारी मिलन केन्द्रले समते बिदाई गरेको थियो ।

सम्बन्धित् समाचार