गृहपृष्ठ खबर अध्यक्ष नेपालले हेमराज माविलाई गरे आर्थिक सहयोग

अध्यक्ष नेपालले हेमराज माविलाई गरे आर्थिक सहयोग

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः  ११ मा रहेको हेमराज माविलाई आर्थिक सहयोग प्रदान भएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा बरिष्ठ युवा समाजसेवि धुर्व नेपालले हेमराज माविलाई सहयोग प्रदान गरेका हुन ।

बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको खखेलकुद क्षेत्रमा थप बिकास र प्रगति होस भन्ने उदेश्यका साथ नेपालले बिद्यालयलाई नगद रु ५० हजार आर्थिक सहयोग गरेका हुन ।

 

बाणगंगा नगरपालिकामा लगातार ३ पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत जितेको हेमराज माविको थप प्रगति देख्ने चाहाना आफनो रहेको अध्यक्ष नेपालले वैखरी अनलाइनलाई बताए । सो रकम बिद्यालयका खेल संयोजक तथा शिक्षक कृष्ण सुवेदी मार्फत रु ५० हजार बिद्यालयलाई नेपालले प्रदान गरेको बिद्यालयका शिक्षक दिपक भुसालले वैखरी अनलाइनलाई जानकारी दिए ।

सम्बन्धित् समाचार