गृहपृष्ठ खबर मन्त्रिपरिषद्को निर्णय : विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा

मन्त्रिपरिषद्को निर्णय : विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा

काठमाडौं : सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। आज बिहान सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको थियो। उक्त सहमतिलाई अनुमोदन गर्ने निर्णय पनि गरेको ती मन्त्रीले जानकारी दिए।

शुक्रबार २ बजे एउटा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव ‘विप्लव’ले सहमतिको विस्तृत विवरण सार्वजनिक गर्ने कार्यक्रम छ।

सम्बन्धित् समाचार