गृहपृष्ठ खबर प्रचण्ड-नेपाल अलमलमा : आज प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता नहुने

प्रचण्ड-नेपाल अलमलमा : आज प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता नहुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध आज अविश्वास प्रस्ताव दर्ता नहुने भएको छ। प्रतिनिधि सभा बैठक बसेकै दिन प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा नेकपाका प्रचण्ड-नेपाल पक्ष र नेपाली कांग्रेस रहेको चर्चा भइरहेका बेला ती दलहरूले आज अविश्वास प्रस्ताव नल्याउने बताएका छन्।

प्रचण्ड(नेपाल पक्षका एक सांसदका अनुसार आज अविश्वास प्रस्ताव आउँदैन। कांग्रेससँग छलफल जारी नै रहेको दाबी गरेका उनले आज अविश्वास प्रस्ताव नल्याइने बताए।

‘आज प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव दर्ता नहुने भयो,’ ती सांसदले भने। कांग्रेस सचेतक पुष्पा भुसाल गौतमले पनि अविश्वास प्रस्ताव ल्याउनेबारे जानकारी नभएको बताइन्।

प्रधानमन्त्री ओलीविरूद्ध पुस ५ मा प्रचण्ड-नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्ताव पनि तत्काल अगाडि नबढाउने उक्त समूहले बताएको थियो।

सम्बन्धित् समाचार