
काठमाडौं : संसद सचिवलायले सत्तारूढ नेकपा विभाजन भएको औपचारिक पत्र निर्वाचन आयोगबाट प्राप्त नभएकाले प्रचण्ड र नेपाल पक्षका सांसदहरु सत्तापक्षको कुर्सीमै बस्ने जनाएको छ।
सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले हाउसमा सत्तापक्षको लाइनमा नै बस्ने गरि सिट व्यवस्थापन गरिएको बताए। ‘सचिवालयले सत्तापक्षका सबै माननीयलाई चार वटा लाइनमा बस्ने व्यवस्था गरेको छु, पाण्डेले भने, ‘त्यो भन्दा फरक व्यवस्था गरिएको छैन।’
उनले दलको कारवाहीको पत्राचार जानकारीका रुपमा मात्र रहने बताए। ‘सचिवालयले मान्यता दिने नदिने भन्ने अधिकार सचिवालयले राख्दैनु, पाण्डेले भने, ‘आयोगबाट विभाजनको पत्र अहिलेसम्म आएको छैन। हामीले बुझ्ने भनेको कानुनत सत्तारुढ दल एउटै छ भन्ने बुझ्ने हो।’
संसद सचिवालयले एकीकृत भएको जनता समाजवादी पार्टीका लागि भने सिट व्यवस्थापन मिलाएको छ। संसद सचिवालयले नेकपाको संसदीय दलको नेता केपी शर्मा ओलीले देव गुरुङ्लाई हटाएर विशाल भट्टराई प्रमुख सचेतक बनेको जानकारी प्राप्त भएको जनाएको छ।








