गृहपृष्ठ खबर घनश्याम भुसाल प्रचण्ड-नेपाल समूहको बैठकबाट अचानक बाहिरिए

घनश्याम भुसाल प्रचण्ड-नेपाल समूहको बैठकबाट अचानक बाहिरिए

काठमाडौं : प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकको बीचमै स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् । ४ बजे बसेको बैठकबाट के कारणले भुसाल पेरिसडाँडाबाट बाहिरिएको भन्ने कारण भने प्राप्त भएको छैन ।

भुसालले बाहिरिँदै गर्दा प्रतिक्रिया दिने भने इन्कार गरेका छन् । आइतबार सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेपछि सो समुहले आकस्मिक स्थायी समिति बैठक बोलाएको छ । बैठकमा सर्वोच्चको फैसलाबारे छलफल गरेर फैसला पुनरावलोकनका लागि जाने वा नजाने भन्ने निर्णय गरिने जनाइएको छ ।

सम्बन्धित् समाचार