गृहपृष्ठ खबर कपिलवस्तुमा कड्किए विप्लवः ओली र प्रचण्डमाथि हमला

कपिलवस्तुमा कड्किए विप्लवः ओली र प्रचण्डमाथि हमला

 

कपिलबस्तु : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले सरकारसँग सम्झौता पछि पहिलो पटक सार्वजनिक खुल्ला कार्यक्रमलाई संवोधन गरेका छन् । आफ्नै गृहजिल्ला कपिलवस्तुमा पार्टी निकट महिला संगठनको राष्ट्रिय सम्मेलनलाई शिवगढीमा संवोधन गर्दै विप्लवले जिल्लामा राज्यको आदेशमा प्रहरीको दमन बिरुद्ध विद्यार्थी, महिला युवाहरु लडेको स्मरण गरे ।

अन्यायले सीमा नाघे पछि मृत्यु पनि प्रिय हुन्छ, जब सत्य बुझिन्छ तब डर भाग्छ, जसले कुरा बुझेको छैन त्यो भाग्छ, विप्लवले भने । आफूहरुले सत्य बोलेको भन्दै मर्नसँग नडराउने उनको भनाई छ ।

जनताको त्यो प्रतिरोधलाई कुनै डाँडामा बसेर आफूले हेरिरहेको भन्दै आफू त्यो क्षणमा निकै खुसी भएको भन्दै आवस्यक परे बममाथि टेक्दै हिँड्न र हतियार खोस्दै हिँड्न पनि सकिने बताए । त्यो विस्वास भएर नै आफूहरु लडेको विप्लवको भनाई छ ।

उनले अन्यायले सिमा नाघे पछि मृत्युसँग डर नलाग्ने भन्दै अन्याय सहेर, दास बनेर बाँच्नु भन्दा लडेर मर्नु बेस हुने तर्क गरे । यसै गरी विप्लवले प्रचण्डले गलत बाटो अपनाएका कारण धुलोपिठो हुन २० महिना पनि नलागेको टिप्पणी गरेका छन् ।

प्रचण्ड निकटका केही मान्छेहरुले प्रचण्डलाई अब २० वर्ष कसैले हल्लाउन नसक्ने टिप्पणी आफूसँग गरेको स्मरण गर्दै विप्लवले यस्तो बताएका हुन । विप्लवले वेपत्ता, घाईते, शहीद परिवार र नेता कार्यकर्तालाई छाडेर हिँडेकाले आज प्रचण्डको यो स्थिति आएको बताए ।

यसै गरी नेपालमा कहिल्यै दोस्रो नभएको बाबुराम चक्कर खाँदै यो हालतमा आएको भन्दै उनले पनि गलत बाटो लिएको विप्लवको दाबी छ । प्रचण्ड र बाबुराम हिँडेको बाटो देश र जनताको बिरुद्धमा रहेको उनले टिप्पणी गरे ।

पहिला प्रचण्डले अपील गर्दा लाखौँ मान्छे सडकमा आउन, लड्न र मर्न तयार हुने गरेको स्मरण गर्दै आफैले लिएको गलत बाटोले अहिले प्रचण्ड धराशायी भएको विप्लवको दाबी छ । उनले महिलाहरुका लागि लड्न अपील गर्दै छोरीहरुको समान अधिकार निश्चित गर्ने दायित्व राज्यको भएको बताए ।

सम्बन्धित् समाचार