गृहपृष्ठ खबर तेस्रो मेयर कप फुटबल प्रतियोगिता : एकैदिन ३ खेल सम्पन्न, भोलि दुई खेल हुने

तेस्रो मेयर कप फुटबल प्रतियोगिता : एकैदिन ३ खेल सम्पन्न, भोलि दुई खेल हुने

कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिकामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज तीन खेल सम्पन्न भएका छन् । वडा नम्बर २ र ५ बीच आज भएको पहिलो खेलमा वडा नम्बर २ ले जीत हासिल गरेको छ । वडा नम्बर २ ले ५–० को गोल अन्तरले जीत हासिल गरेको हो ।

त्यस्तै वडा नम्बर ६ र ९ बिच भएको दोस्रो खेलमा वडा नम्बर ६ ले जित हासिल गरेको छ । वडा नम्बर ६ ले ४–२ को गोल अन्तरले जीत हासिल गरेको हो । त्यस्तै वडा नम्बर १० र ११ बिच भएको तेस्रो खेलमा वडा नम्बर १० ले जीत हासिल गरेको छ । वडा नम्बर १० ले ४–० गोलको फराकिलो अन्तरले जित हासिल गरेको हो । आयोजकले दिएको जानकारी अनुसार भोलि दुई खेल हुने छन् ।

भोलि १ बजे वडा नम्बर ३ र १ बिच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेल दिउँसो ३ बजे वडा नम्बर २ र ४ एक आपसमा भिड्ने छन् । प्रतियोगिताको बिजेता,उपबिजेता, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशः ९० हजार, ६० हजार र १५÷१५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित् समाचार