गृहपृष्ठ खबर लेखराज भट्ट भन्छन्- माओवादी केन्द्रमा फर्किने सम्भावना छैन

लेखराज भट्ट भन्छन्- माओवादी केन्द्रमा फर्किने सम्भावना छैन

 

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु नेकपा माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिए पनि आफूहरु फर्किने सम्भावना नरहेको बताए ।

पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हामी छलफलमा छौं, प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरिरहेका छौं । समर्थन फिर्ता लियो भनेपनि पार्टी (माओवादी केन्द्रमा)मा फर्किने सम्भावना मैले देख्दिन ।’

२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा भट्ट माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि हाल सरकारमा रहेका माअ‍ोवादी केन्द्रका नेताहरु के गर्छन् भन्ने चासो छ ।

सांसद पद गए पनि एमाले नछोड्ने ? भन्ने पत्रकारको प्रश्नमा उनी भन्छन्, ‘पुरानो पार्टीमा नफर्किँदा सांसद पद जाने÷नजाने बारेमा छलफल गर्दैछौं । के हुन्छ ? सोचेर निष्कर्ष निकाल्छौं ।’

आफूहरु एकता पक्षधर रहेको भन्दै उनले फेरि पनि एमाले र माओवादीबीच एकताको सम्भावनाका बारेमा समेत छलफल भइरहेको बताए ।

सम्बन्धित् समाचार