गृहपृष्ठ खबर प्रचण्ड भन्छन्- एमाले अब एक रहने स्थिति नै छैन

प्रचण्ड भन्छन्- एमाले अब एक रहने स्थिति नै छैन

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिल्लाहरूमा नेतारकार्यकर्ताका गतिविधिले केन्द्रमा नेकपा एमालेका नेता माधव नेपालहरूलाई पिन्च पर्न नहुने बताएका छन्।

पूर्वएमालेसँग सम्बन्धित नेतारकार्यकर्ताले पनि हेडवार्टरसँग समन्वय गरेर मात्रै निर्णय गर्न प्रचण्डले आग्रह गरेका छन्।

‘जिल्लाका हाम्रा कुनै पनि गतिविधिहरूले केन्द्रमा माधवजीहरूलाई पिन्च नहोस्,’ उनले भने। एमाले अब एक रहने स्थिति नरहेको उनले दाबी गरे। ‘एमाले त्यही रूपमा एक रहने स्थिति नै छैन,’ उनले भने।

‘माधवजीसँग नजिक भएका मानिसलाई तानेर हामीभित्र घुसाइहाल्छु भन्नेतिर नलाग्नुहोला,’ बुटवलमा शुक्रबार प्रचण्डले भने, ‘अहिले त्यसो गर्न आवश्यक छैन। माधवजी, झलनाथजीहरूसँग हाम्रो सहकार्य गरिराख्ने, उहाँहरूले त्यहाँभित्र गएर संघर्ष गर्ने र फेरि एकताको प्रस्ताव राख्ने र एकतातिर नै जानुपर्छ भन्ने छ।’

संसद विघटन र संविधान खारेज गर्ने केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय संघर्षबाट जितेको उनले बताएका छन्। तर प्रतिक्रियावादी षड्यन्त्र जारी रहेको उनको भनाइ छ।

‘पार्टी पुरानै ठाउँमा पुर्‍याउने काम भयो,’ उनले भने, ‘प्रतिगमनकारी षड्यन्त्र अझै पनि जारी छ। त्यसकारण आराम गर्ने अवस्था छैन। चनाखो बस्नुपर्छ।’

उनले संगठनलाई विस्तार तथा सुदृढ गर्ने अभियान प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने पनि बताए।

सम्बन्धित् समाचार