गृहपृष्ठ खबर अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी

अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओलीले रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेश इन्चार्ज बनाएका छन् । शुक्रबार ओली अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएका हुन् ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयको विरोधमा उत्रिएकी शाक्यलाई हटाएर ओलीले पूर्वमाओवादी नेता बादललाई नयाँ जिम्मेवारी दिएका हुन् ।

शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म दसौं महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

सम्बन्धित् समाचार