गृहपृष्ठ खबर लगातर ३ बर्ष राष्ट्रपति रनिङ शिल्डको कप कनकमुनी उच्च माविलाई

लगातर ३ बर्ष राष्ट्रपति रनिङ शिल्डको कप कनकमुनी उच्च माविलाई

कपिलवस्तु : लगातर ३ बर्ष कप उचाल्दै कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित कनकमुनी उच्च माविले राष्ट्रपति रनिङ शिल्ड पच गरेको छ । कपिलवस्तु नगरपालिकाद्धारा आयोजित तेश्रो रनिङ शिल्ड जितेसंगै सो बिद्यालयले शिल्ड पच गरेको हो । तेश्रो राष्ट्रपति रनिङ शिल्ड जित्दै कनकमुनी उमाबिले नगद १२ हजार नगद र कप प्राप्त गरेको हो ।

२० स्वर्ण, ५ रजत र १ कास्य पदक जित्दै कनकुमनीले राष्ट्रपति कप जितेको हो । यस्तै ३ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेको रत्न राज्य माबि द्धितीय हुदै ८ हजार नगद प्राप्त गर्यो । यस्तै १ सवर्ण, ४ रजत र ६ कास्य जित्दै कपिलवस्तु माबि तेश्रो हुदै ४ हजार नगद प्राप्त गरेको छ । बिजयी बिद्यालयल र खेलाडीलाई पुर्व राजदुत दिप कुमार उपाध्याय, कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह उप मेयर लक्ष्मी गुप्ता, प्रहरी नायब उपरिक्षक धर्मराज भन्डारीले कप , मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

सो अवसरमा पुर्वराजदुत उपाध्ययाले खेलाडीहरुको मनोबल बढाउन राष्ट्रपति रनिङ शिल्डले अवसर दिएको बताउनु भयो । उहाँले खेलको विकासकालागि तिनै तहका सरकारले ठोस लगानी गर्नु पर्ने बताउनु भयो । सो अवसरमा मेयर सिंहले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले खेल क्षेत्रलाई सरकारले पनि पर्याप्त बजेट बिनियोजन गर्नु पर्ने बताउनु भयो ।

मेयर सिंहको अध्यक्षता र समामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको संचालनमा भएको समापन समारोहमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे लगायतले मन्तब्य दिनु भएको थियो । सो अवसरमा वडा नम्बर ९ का अध्यक्ष शिव बहादुर बाग्लले किनकुमनीले शिल्ड पद गरेकामा बिद्यालयलाई ५ हजार नगद प्रदान गर्नु भएको थियो । यस्तै छात्र तफै भलीबलमा प्रथम भएको धरमपनीया स्थित राष्ट्रिय जनहीत माबिलाइै बल र नेटर तथा छात्रा तर्फ प्रथम भएको यशोधरा माबिलाई नेट प्रदान गरिएको थियो ।

सम्बन्धित् समाचार