गृहपृष्ठ खबर सिद्धार्थ क्याम्पसमा जारी खेल सप्ताह थप रोचक बन्दै, आज तीन खेल सम्पन्न

सिद्धार्थ क्याम्पसमा जारी खेल सप्ताह थप रोचक बन्दै, आज तीन खेल सम्पन्न

कपिलवस्तु : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सिद्धार्थ क्याम्पसको आयोजनामा जारी खेलकुद सप्ताहमा बुधबार आज तीन खेल सम्पन्न भएका छन् । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ सुरु भएको खेलकुद सप्ताहमा आज भएको छात्राहरुकोे कुर्ची दौडमा नयाँ बिबिएस प्रथम वर्षकी रविना पाण्डे प्रथम र सविता भण्डारी दोस्रो हुन सफल भएकी छिन् ।

त्यस्तै आजै भएको क्रिकेटमा पूरानो बिबिएस प्रथम बर्षले जित हासिल गरेको छ । पूरानो बिबिएस प्रथम बर्षले कक्षा १२ लाई ४ विकेटले पराजित गर्दै खेलमा सहज जित हासिल गरेको खेल संयोजक पुस्कर भुसालले जानकारी दिनुभयो । त्यस्तै पुरानो बिबिएस चौथो बर्ष र कक्षा १२ बिच भएको फुटबलमा बिबिएस चौथो बर्षले जित हासिल गरेको छ । निकै प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारित समयमा दुबै पक्षबाट २–२ गोल भएपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो । पेनाल्टीमा बिबिएस चौथो बर्षल ४–२ को गोल अन्तरले जित हासिल गरेको हो ।

खेल संयोजक पुष्कर भूसालले दिएको जानकारी अनुसार भोलि कबड्डि, क्रिकेट र भलिबल हुने छन् । विजेता खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाण पत्रसहित उचित पुरस्कारको व्यबस्था गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित् समाचार