गृहपृष्ठ अर्थ/वाणिज्य काठमाडौं महानगरपालिकाका वडासचिव ४ लाख घुससहित पक्राउ

काठमाडौं महानगरपालिकाका वडासचिव ४ लाख घुससहित पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका– ३० का सचिव भरतकुमार पोखरेल घुससहित पक्राउ परेका छन् । निर्माण कार्य सम्पन्नपश्चात् बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग उनले घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई चार लाख घुससहित कार्यकक्षबाटै बिहीबार पक्राउ गरेको हो ।

सम्बन्धित् समाचार