गृहपृष्ठ खबर भारत-इङ्ग्ल्यान्ड टी-२० क्रिकेटमा बनेका १० रेकर्ड

भारत-इङ्ग्ल्यान्ड टी-२० क्रिकेटमा बनेका १० रेकर्ड

काठमाडौं : अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा शनिबार भारतले इङ्ग्ल्यान्डविरुद्ध ५ खेलको टी-२० सिरिज ३-२ ले कब्जा गर्‍यो। यसबीच भारतीय टीमका कप्तान विराट कोहलीले धेरै रेकर्ड आफ्नो नाममा पार्न सफल रहे।

कप्तान कोहली तीनै फर्म्याट(टेस्ट, एकदिवसीय, टी-२०) मा १२ हजार रन बनाउने पहिलो कप्तान समेत बने। इङ्ग्लिस खेलाडी डेभिड मलानले पनि पाकिस्तानी खेलाडी बाबर आजमको रेकर्ड तोडे। ५ खेलको सिरिजका दौरान बनेका १० रेकर्ड यस्ता छन्।

१.कोहली सर्वाधिक १२ पटक ५० बढी रन बनाउने कप्तान

सिरिजको अन्तिम टी-२० मा भारतीय कप्तान विराट कोहलीले ५२ बलमा ८० रनको उत्कृष्ट इनिङ खेल्न सफल भए।

यसका साथमा कोहलीले १२ पटक ५० रन बढीको स्कोर बनाए। उनले ५० प्लस सर्वाधिक पटक रन बनाउने खेलाडीका रूपमा न्युजिल्यान्डका कप्तान केन विलियम्सनलाई पछि पारेका थिए। केन पछि अस्ट्रेलियाका कप्तान एरोन फिन्च रहेका छन्।

२. रोहित १३० छक्का प्रहार गर्ने दोस्रा खेलाडी

भारतीय टीमका ओपनर रोहित शर्माले अन्तिम टी-२० मा ५ छक्का प्रहार गरे। यसको साथमा उनी टी-२० अन्तरराष्ट्रियमा १३३ छक्का पुर्‍याउन सफल भए। उनी सर्वाधिक छक्का प्रहार गर्ने विश्वका दोस्रो ब्याट्सम्यान बन्न सफल रहे।

न्युजिल्यान्डका मार्टिन गुप्टिल १३९ छक्काका साथ शीर्ष स्थानमा रहेका छन्।

३. इङ्ग्ल्याण्ड विरुद्ध भारतको सर्वाधिक स्कोर

भारतीय टीमले अन्तिम खेलमा २ विकेट गुमाएर २२४ रनको विशाल स्कोर तयार गरेको थियो। यो भारतीय टीमको टी-२० अन्तरराष्ट्रियमा इङ्ग्ल्याण्ड विरुद्ध सर्वाधिक उच्च स्कोर हो। यसअघि इङ्ग्ल्याण्ड विरुद्ध भारतले २१८ रन सम्मको स्कोर दिएको थियो।

पहिलो टी-२० विश्वकप २००७ का दौरान डर्वनमा भारतले २१८ रन बनाएको थियो।

४. विराटसँग सर्वाधिक धेरै प्लेयर अफ द सिरिजको अवार्ड

विराट कोहलीले टी-२० अन्तरराष्ट्रियमा अहिलेसम्म ७ पटक प्लेयर अफ द सिरिजको अवार्ड जितेका छन्।

कुनैपनि अर्को खेलाडी उनको नजिक समेत रहेका छैनन्। पाकिस्तानका बाबर अजाम र मोहम्मद हफिजले समान ४९४ पटक प्लेयर अफ द सिरिजको उपाधि जितेका छन्।

६. टी-२० अन्तरराष्ट्रियमा विराटको ३ हजार रन

सिरिजको दोस्रो टी-२० मा कोहलीले ४९ बलमा ७३ रनको अविजित इनिङ खेले। यसका साथमा उनले टी-२० अन्तरराष्ट्रियमा ३ हजार रनको आँकडा पूरा गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए।

कोहलीले अहिलेसम्म टी-२० अन्तरराष्ट्रियमा ५२.६५ को औषतमा ३१५९ रन बनाएका छन्। न्युजिल्यान्डका मार्टिन गुप्टील टी-२० अन्तरराष्ट्रियका ९९ खेलमा २८३९ रनका साथमा दोस्रो नम्बरमा रहेका छन्। सबैखाले टी-२० प्रतियोगितामा भने कोहलीको ९७३१ रन रहेको छ।

७. मलानले तोडे बाबरको रेकर्ड

मलानले टी-२० अन्तरराष्ट्रियमा बाबर आजमको रेकर्ड तोडे। इङ्ग्लिस खेलाडी मलानले टी-२० अन्तरराष्ट्रियमा सर्वाधिक चाँडो १ हजार रनक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन्। उनले अन्तिम टी-२० मा भारत विरुद्ध ६५ रन बनाउँदै यो उपलब्धि हासिल गरे।

उनले केवल २४ औं इनिङमै बाबरको कीर्तिमान भङ्ग गर्न सफल भए। बाबरले २६ इनिङमा १ हजार रन पूरा गरेका थिए। मलान १ हजार रन पूरा गर्ने ७ औं इङ्ग्लिस ब्याट्सम्यान बने। यसअघि जेसन रोय, इयोन मोर्गन, जोस बटलर, एलेक्स हेल्स, केविन पीटरसन, र जोनि ब्यारिस्टोले यो उपलब्धी हासिल गरेका थिए।

८. ईशानको डेब्युमै रेकर्ड

आफ्नो डेब्यु खेलमै ईशान किसानले ४ छक्का प्रहार गरे। यसका साथ उनी डेब्युमै ४ छक्का हान्ने पहिलो भारतीय क्रिकेटर बने। उनीअघि राहुल द्रविड तथा मुरल विजयले समान ३(३ छक्का प्रहार गरेका थिए। विजयले २०१० तथा द्रविडले २०११ मा यो उपलब्धी हासिल गरेका थिए।

९. धेरैपटक शून्यमा आउट

विराट कोहली सिरिजको पहिलो खेलमा शून्य रनमा आउट भए। उनी कप्तानका रूपमा अन्तरराष्ट्रिय क्रिकेटमा १४ पटक खाता नखोल्दै आउट भए। उनी सर्वाधिक धेरै पटक शून्य रनमा आउट हुने भारतीय कप्तान समेत बने।

कोहलीले सौरव गांगुलीको १३ पटकको कीर्तिमान तोडे। धोनी ११ तथा कपिल देव १० पटक कप्तानीका दौरान शून्य रनमा आउट भएका थिए।

१०. रोहितको ९ हजार रन पूरा

सिरिजको चौंथो टी-२० मा रोहित शर्माले ११ रन बनाएसँगै उनले टी(२० फर्म्याटमा ९ हजार रन पूरा गरे। उनी यो उपलब्धी हासिल गर्ने दोस्रो भारतीय खेलाडी बने।

उनले अहिलेसम्म ३३० इनिङमा ९०६५ रन बनाएका छन्। उनी अघि विराट कोहली २८९ इनिङमा ९७३१ रन बनाएर शीर्ष स्थानमा छन्।

सम्बन्धित् समाचार