गृहपृष्ठ खबर ओलीले बोलाए बालुवाटारमा संसदीय दलको बैठक

ओलीले बोलाए बालुवाटारमा संसदीय दलको बैठक

काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएको छ। शुक्रबार दिउँसो ३ बजेको लागि बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको उनले बताए।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले यसअघि बालुवाटारमा संसदीय दलको बैठक बोलाएको भन्दै बहिष्कार गरेको थियो।

यस समूहले पनि भोलि शक्रबारकै लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठक बिहान ११ बजे नयाँ बानेश्वरको एक होटलमा बस्ने एमाले नेता युवराज ज्ञवालीले जानकारी दिएका छन्।

ज्ञवालीले बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताए। यसअघि बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेता तथा सांसदहरू सहभागी भएका थिएनन्।

सम्बन्धित् समाचार