
काठमाण्डौ : त्रिदेशीय फुटबल प्रतियोगितअन्तर्गत बिहीवार नेपाल र किर्गिस्तानबीच भएको खेल बराबरीमा सकिएको छ । बराबरीसँगै दुवै टिमले एक–एक अङ्क बाँडेका छन् ।
दशरथ रङ्गशालामा भएको खेलमा नेपालले उत्कृष्ट मौका बनाउँदा पनि गोल भने गर्न सकेन । किर्गिस्तानको टोली दश खेलाडीमा सीमित भए पनि नेपालले मौकाको फाइदा उठाउन सकेन ।
अब आउँदो शनिवार नेपाल र बङ्गलादेशले खेल्नेछन्, त्यो खेलमा नेपालले बराबरी खेले पनि फाइनलमा पुग्नेछ । बङ्गलादेश भने यसअघिको खेलमा किर्गिस्तानलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।








