गृहपृष्ठ खबर धनुषमा भएको प्रथम राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा लुम्बिनि प्रदेशलाई १० पदक

धनुषमा भएको प्रथम राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा लुम्बिनि प्रदेशलाई १० पदक

प्रथम राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा लुम्बिनि प्रदेशले १० पदक हातपार्न सफल भएको छ । चैत्र १३ र १४मा प्रदेश न.२को धनुषा जिल्ला धारापानि भिमानमा भएको खेलमा लुम्बिनि प्रदेशले एक स्वर्ण, चार रजत र पाँच काश्य पदक प्राप्त गर्न सफल भएको हो ।

सातै प्रदेशको सहभागिता रहेको खेलमा लुम्बिनिका सुसान्त सिंह ठकुरिले कुमिते विधाको ४५ केजि तौल समुहमा भएको खेलमा स्वर्ण, त्यस्तै रजत तर्फ ६० केजिमा प्रतिक्षा राना, ५० केजिमा नविन दर्जि, ६५ केजिमा अरुण ओलिले एक एक रजत हात पारेका छन् । काश्य पदक तर्फ ५० केजिमा तैफिक अहमद, ३०केजिमा इसा ठाकुर,४५ केजिमा सिमा क्षेत्रि, ५० केजिमा सपना बिक र ४० केजिमा प्रतिक परियारले हात पारेका छन् । यस्तै सिगल कातामा द्धितीय स्थान कायम गर्न सफल भएका ६५ केजि तौलका अरुण ओलि थप एक रजत प्रप्त गरेका हुन् ।

लुम्बिनि बाट २१ जना सहभागि भएको खेलमा रामवृक्ष ठाकुरले टिम कोचको भुमिका निर्वाह गरेका हुन् । त्यस्तै लुम्बिनि प्रदेश कराँते महासंघका सचिव तथा यसिएन कराँते रेफ्री माधव घिमिरेले प्रविधिकको भुमिका सफल रुपमा निर्वाह गरेको नेपाल कराँते महासंघ लुम्बिनि प्रदेशका प्रविधिक कमिटिका अध्यक्ष मिन प्रसाद पोख्रेलले जानकारि दिए ।

सम्बन्धित् समाचार