
आज कपिलवस्तुसहित तराईका जिल्लामा आज होली पर्व मनाइँदैछ । कपिलवस्तुमा विहानैदेखि होली मनाउन सुरु गरिएको छ । आज रङ, अबिर दलेर, शुभकामना साटासाट गर्दै, होलीका गीत गाउँदै पर्व मनाइँदै छ । असत्यमाथि सत्यको विजय भएको उत्सवको रुपमा मनाइने होलीको दिन वर्षभरि एकआपसमा भएका कटुतालाई बिर्सिएर सामूहिक रुपमा मनाउने चलन छ ।
तर, यसपालि कोरोनाको जोखिम बढेकाले सामूहिक रुपमा होली नमनाउन सरकारले आग्रह गरेको छ । भारतसँगका सीमा क्षेत्रमा कोरोना महामारीको जोखिम उच्च रहेकाले सार्वजनिकस्थलमा भीड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन सरकारले आग्रह गरेको छ ।
आज तराईका जिल्लामा सार्वजनिक बिदा छ । हिजो काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा फागु पर्व मनाइएको थियो ।








