गृहपृष्ठ खबर थ्री नेसन्स कप उपाधि विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार

थ्री नेसन्स कप उपाधि विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार

काठमाडौं : थ्री नेसन्स (त्रिदेशीय) कप फुटबलको उपाधि विजेता खेलाडीले जनही १ लाख रुपैयाँ पाउने भएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार विज्ञप्ति जारी गरी उपाधि विजेता टिमका खेलाडीलाई १-१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।

सोमबार दशरथ रंगशालामा बंगलादेशसँग भएको फाइनल खेल नेपालले २(१ ले जितेको थियो । त्यससँगै नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पाएको थियो ।

नेपालले घरेलु मैदानमा ३७ वर्षपछि उपाधि जितेको हो । यसअघि घरेलु मैदानमा भएको सन् १९८४ को पहिलो सागमा नेपालले फुटबलमा स्वर्ण जितेको थियो ।

सम्बन्धित् समाचार