गृहपृष्ठ खबर दुरसञ्चार सेवा सम्बन्धी समस्या अन्त्य हुन्छ- सञ्चारमन्त्री गुरुङ

दुरसञ्चार सेवा सम्बन्धी समस्या अन्त्य हुन्छ- सञ्चारमन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दुरसञ्चार सेवा सम्बन्धमा परेका गुनासाहरुको अन्त्य गरिने बताउनुभएको छ । बिहीबार मन्त्रालयले आयोजना गरेको दुरसञ्चार सेवाको पहुँच, प्रवाह तथा गुणस्तर सम्बन्धी अन्तरक्रियामा मन्त्री गुरुङले दुरसञ्चार सेवा सम्बन्धी समस्याहरुको समाधान गर्दै गुनासाहरुको अन्त्य गरिने बताउनुभयो ।

मन्त्री गुरुङले टावर निर्माणको लागि ठेक्का भएर पनि काम हुन नसकेको ठाउँको समीक्षा गर्ने बताउनुभयो । टावर बनाउनुपर्ने आवश्यकता रहेको ठाउँमा टावर स्थापनाको लागि योजना बनाउने पनि उहाँले बताउनुभयो ।

सम्बन्धित् समाचार