गृहपृष्ठ अर्थ/वाणिज्य मेची–महाकाली अभियानलाई बुद्धभूमिद्धारा साढे ६ लाख बढि सहयोग

मेची–महाकाली अभियानलाई बुद्धभूमिद्धारा साढे ६ लाख बढि सहयोग

कपिलवस्तु (सागर वि.क.) : धुर्मुस सुन्तली फाउन्डेसनद्धारा संचालित मेची–महाकाली अभियानलाई कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले रु.६ लाख ८१ हजार ८ सय ४६ रुपैया हस्तान्तरण गरेको छ । नगर प्रमुख केशव कुमार श्रेष्ठले मेची–महाकाली अभियानलाई सफलताको शुभकामना व्यक्त गर्दै सो रकम हस्तान्तरण गर्नुभएको हो । नगर प्रमुख श्रेष्ठले गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुनु सम्पूर्ण नेपालीको लागी गौरवपूर्ण कुरा हुने बताउनुभएको छ ।

साथै उहाँले सो अभियानको टोलीलाई कपिलवस्तुमा स्वागत गर्दै खुशि व्यक्त गर्नुभयो । चैत १० गतेदेखी गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले सो अभियान संचालन गरिएको हो । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बुद्धभूमि नगरपालिकालाई धन्यवाद व्यक्त गर्दै अभियानमा जोडिन आग्रह गर्नुभएको थियो । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस सहित उहाँको अभियानमा आवद्ध सदस्यको टोलिले पश्चिमको महाकालीबाट चैत १० गते मेची–महाकाली अभियानको थालनी गरेका थिए ।

धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले हिमाल, पहाड र तराईमा रहेका विभिन्न पहिचान, संस्कृति र रहनसहनलाई यस अभियानले एकताको सन्देश दिने बताएका छन् । हरेक ब्यक्तिले अभियानलाई सहयोग गरि साथ दिई क्रिकेट रंगशाला निर्माण हुने कार्यमा अमुल्य योगदान प्रदान गर्न फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले अपिल गरेका छन् ।

सम्बन्धित् समाचार