गृहपृष्ठ खबर देउवाले तीन दलको बैठक बोलाए, नयाँ सरकार समीकरणबारे छलफल

देउवाले तीन दलको बैठक बोलाए, नयाँ सरकार समीकरणबारे छलफल

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन्।सभापति देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन्। पछिल्लो समय माओवादी र कांग्रेसले जतिसक्दो प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमन चाहिरहेका छन् भने जसपा सरकारसँग पटक पटक वार्ता गरी अझै अनिर्णयमा छन्।

जसपा सरकारमा जानेरनजानेमा दोधारमा छ। डा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओली सरकारमा जान नहुने पक्षमा छ भने महन्थ र राजेन्द्र पक्ष भने आफ्ना माग पूरा हुने भए सरकारमा जाने दाउमा देखिएको छ।

माओवादी केन्द्रले पनि जतिसक्दो चाँडो ओलीको विकल्प खोज्नुपर्ने बताएको छ। बैठकमा नयाँ सरकार गठनबारे छलफल हुने कांग्रेसका एक नेताले बताए ।

सम्बन्धित् समाचार