गृहपृष्ठ खबर ओलीलाई हटाएर वापमन्थीकै संयुक्त सरकार- चित्रबहादुर केसी

ओलीलाई हटाएर वापमन्थीकै संयुक्त सरकार- चित्रबहादुर केसी

प्रकाशित मिति:

बुटवल : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वामपन्थीहरुको संयुक्त सरकार बनाउनु पर्ने बताएका छन्।उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर वामपन्थीहरुको संयुक्त सरकार बनाई मुलुकलाई निकास दिनुपर्ने बताए।

फेरि संसद विघटन गरेर देशलाई मध्यावधि चुनावमा लैजाने खेल शुरु भएकाले त्यसलाई रोक्न वामपन्थीबीचको सहकार्यमा सरकार गठन गर्नुपर्नेमा उनले जोड दिए।

राष्ट्रिय जनमोर्चाको बुटवलमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनका निर्णय र निर्वाचित केन्द्रीय नेतृत्वबारे जानकारी गराउँदै अध्यक्ष केसीले यस्तो बताएका हुन्।

उनले देशमा बामपन्थीहरुको सरकार आवश्यक भएपनि राष्ट्रिय जनमोर्चा भने अहिले सरकारमा नजाने बताए।

नवनिर्वाचित अध्यक्ष केसीले सरकारको असफलताका कारण नेपालमा बाह्य शक्ति सक्रिय भएको दावी गर्दै गणतन्त्र धर्मनिरपेक्षता र बहुदलीय व्यवस्था सिध्याउने गरी विदेशी शक्ति केन्द्रहरुको सक्रियता बढेको दावी गरे।

नेपालको अखण्डता र सार्वभौकितामाथि भारतले पहिलेदेखि नै कब्जा जमाउने गरी गतिविधि सञ्चालन गरिरहेको थियो, अहिले फेरी हिन्दु राज्य कामय गरेर नेपाललाई थप अस्थिरतामा लैजान चलखेल भइरहेको छ’ अध्यक्ष केसीले भने।

जवरजस्त एमसिसी ल्याउन खोजेर अमेरिकाले नेपालको परराष्ट्र नीति भत्काई चीन बिरोधी अखडा बनाउन खोजेको उनको आरोप छ।

गणतन्त्रबादी शासकहरुका गलत नीतिका कारण वर्तमान व्यवस्थाप्रति जनताको असन्तुष्टि बढ्नुका साथै गणतन्त्रका बिरुद्व देशमा जनमत निर्माण भएको उनले दावी गरे। राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुन चित्रबहादुर केसी निर्वाचित भएका छन्।

सम्बन्धित् समाचार