गृहपृष्ठ खबर कपिलवस्तुका साहित्यकार घिमिरेको सालैजो गीत सार्वजनिक

कपिलवस्तुका साहित्यकार घिमिरेको सालैजो गीत सार्वजनिक

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुमा रहेर साहित्यिक विधामा लामो समय कलम चलाउँदै आएका साहित्यकार लेखनाथ घिमिरे अहिले भने एक देशक्ति सालैजो गीतसँगै सांगितिक क्षेत्रमा पनि प्रवेश गरेका छन् । घिमिरेले साहित्यको कविता विधामा रही ५ वटा कृति समेत प्रकाशित गरेका छन् । उनले पछिल्लो पटक हिमाल पहाड तराई बोलको सालैजो गीत बजारमा लिएर आएका छन् ।

आफ्नै शब्द रचना रहेको सो गीतमा घिमिरे सँगै लोक गायक दिनेश रञ्जन र शान्तिी श्री परियारको स्वर रहेको छ । दिनेश रञ्जनको लय रहेको सो गीत अलाप स्टुडियोको युटुब च्यानलबाट हेर्न सकिने घिमिरेले बताएका छन् ।

लामो समयको सहित्यिक अनुभव सँगै सांगितिक क्षेत्रमा पनि रुचि बढेपछि घिमिरेले आफ्नो पहिलो एल्लवमको रुपमा हिमाल पहाड तराई बजारमा ल्याएको बताएका छन् ।

सम्बन्धित् समाचार