गृहपृष्ठ अन्तरास्ट्रिय खबर म्यानमार सेनाले आङ सान सु चीमाथि लगायो थप ६ अभियोग

म्यानमार सेनाले आङ सान सु चीमाथि लगायो थप ६ अभियोग

प्रकाशित मिति:

म्यानमारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सु चीलाई सोमबार नयाँ फौजदारी अभियोग लगाइएको उनका वकिलले जानकारी दिएका छन् ।

उनमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको उनका वकिल मीन मीन सो एएफपीलाई बताएका छन् । पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानुनअन्तर्गत रहेको पनि वकिलले थप जानकारी दिएका छन् ।

म्यानमारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा हिजो मात्र कम्तीमा ८० जनाको मृत्यु भएको थियो । म्यानमारमा गत १९ माघमा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ । उक्त चुनावमा आङ सान सु ची र उनको ‘नेशनल लिग फर डिमोक्र्यासी’ दल निर्वाचित भएको थियो । निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो ।

सम्बन्धित् समाचार