गृहपृष्ठ खबर अनेरास्ववियु कपिलवस्तु इन्चार्जको जिम्मेवारी टुकलाल गैरेलाई

अनेरास्ववियु कपिलवस्तु इन्चार्जको जिम्मेवारी टुकलाल गैरेलाई

प्रकाशित मिति:

कपिलवस्तु : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको इन्चार्जको जिम्मेवारी टुकलाल गैरेले पाएका छन् । गैरे अनेरास्ववियुको केन्द्रिय तथा सचिवालय सदस्य रहेर आफ्नो जिम्मेवारी पुरा गर्दै आईरहेका छन् ।

नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीको बैठकले जनवर्गीय संघसंगठनका इन्चार्ज तोक्ने क्रममा विद्यार्थी इन्चार्ज तोकेको हो ।

जिम्मेवारी पाएपछि ईन्चार्ज गैरेले प्रतिक्रिया दिदैं विद्यार्थीको संगठन अनेरास्ववियुलाई अझ प्रभावकारी बनाउदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित् समाचार