गृहपृष्ठ खबर जसपामा खलाबैला : अध्यक्ष ठाकुर भन्छन्- लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय भएको छैन

जसपामा खलाबैला : अध्यक्ष ठाकुर भन्छन्- लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय भएको छैन

प्रकाशित मिति:

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीको केन्द्रीय समितिबाट नभएको बताएका छन्।

ठाकुरले बिहीबार प्रदेश सभामुखलाई पत्र पठाउँदै मन्त्री बनेका चार सांसदलाई कारबाही गर्ने निर्णय केन्द्रीय समितिबाट नभएको जनाएका हुन्। पूर्व राजपा नेपाल र पूर्व समाजवादी पार्टीका प्रदेश समितिको समायोजन हुन नसकेको र संसदीय दललाई नै प्रदेश सभा सम्बन्धी सम्पूर्ण कार्य गर्न निर्देशन दिएको ठाकुरले पत्रमा उल्लेख गरेका छन्। ६ सदस्यीय प्रदेश सभा संसदीय दलमा चारजना पूर्व राजपा पक्षका छन्।

उनीहरुलाई उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षको कार्यकारिणी समितिको निर्णय अनुसार प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको छ। पार्टी संसदीय दलको पत्र अनुसार प्रदेश सभा सचिवालयले चार जना पदमुक्त भएको सूचना बिहीबार टाँस गरेको छ।

पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा र कल्पना पाण्डे रहेका छन्। उनीहरुले पार्टीको निर्णय विपरित मुख्यमन्त्री शंकर पोखरेलको विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

सम्बन्धित् समाचार