गृहपृष्ठ खबर मन्त्रिपरिषद्को निर्णय : वैशाख २७ मा बजेट अधिवेशन बोलाउने

मन्त्रिपरिषद्को निर्णय : वैशाख २७ मा बजेट अधिवेशन बोलाउने

काठमाडौं : सरकारले बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २७ मा बजेट अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सो निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आजै सिफारिस भएको उनको भनाइ छ । यसअघि सरकारले बिजनेस नभएको भन्दै सभामुखसँग समेत परामर्श नगरी हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।

सम्बन्धित् समाचार