गृहपृष्ठ अर्थ/वाणिज्य लुम्बिनी सरकार : कपिलवस्तुलाई ८ लाखसहित सबै डीसीसीएमसीलाई ७९ लाख दिने

लुम्बिनी सरकार : कपिलवस्तुलाई ८ लाखसहित सबै डीसीसीएमसीलाई ७९ लाख दिने

प्रकाशित मिति:

बुटवल : लुम्बिनी प्रदेश सरकारले जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई ७९ लाख रुपैया दिने निर्णय गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले १२ वटै जिल्लालाई कुल ७९ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो ।

सिमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा खर्च गर्ने गरि सो रकम उपलब्ध गराइएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । जसमध्ये कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लाको लागि १०–१० लाख रुपैया उपलब्ध गराइने छ ।

त्यसैगरी कपिलबस्तु जिल्लालाई ८ लाख, नवलपरासी, दाङ, बर्दिया जिल्लाई ७– ७ लाख तथा गुल्मी, पाल्पा अर्घाखाँची, रोल्पा प्युठान र पुर्व रुकुम लाई ५÷५ लाख जिल्ला विपत व्यवस्थापन समितिलाई छुट्याइएको मन्त्री चौधारीले बताए ।

सम्बन्धित् समाचार