गृहपृष्ठ मनोरञ्जन चर्चामा ‘शराबी’

चर्चामा ‘शराबी’

प्रकाशित मिति:

नेपालि संगीत पारखीहरूलाई लक्षित गरेर निर्माण गरिएको ‘शराबी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । `हरेक साँझ शराब पिउने बानी भाछ´ बोलको उक्त गीतलाई आभानी मिडिया प्रा.लि. ह्याप्पी एफ एमले निर्माण गरेको हो । गीतमा राजन बीपोजेटिभका शब्द रहेका छन् भने राहुल विश्वकर्माले संगीत भरेका छन् गीतमा देवराज न्यौपानेको आवाज रहेको छ ।

शुक्रबार सार्वजनिक गरिएको यो गीतमा प्रेममा विछोड भएपछि शराबी बनेको प्रेमीको कथालाई चित्रण गरिएको छ । लामो समय नाट्यकर्म गरेका कलाकार राज न्यौपाने, दीपजंग शाही साथै दीपक सापकोटा, अस्मि बिक, शिखा परियार, सपना थापा, अभिषेक राना, विजय पंगेनी, वसन्त पोखरेललगायतको अभिनय रहेको सो गीतलाई जनक पाण्डेले निर्देशन गरेका हुन् ।

गणेश भुसाल र प्रेम भट्टराईले निर्माण गरेको सो गजलको छायांकन नवलपुरको दलदलेस्थित होटल हातेमालो ईनमा गरिएको हो । गजलमा दीपेश कडरिया कार्यकारी निर्माताका रुपमा रहेका छन् । यो गीतलाई ह्याप्पी टाइम्स टिभी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियो ६ मिनेट २७ सेकेन्डको छ ।

सम्बन्धित् समाचार